राज ब्रुअरी प्रालीले आजदेखि नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरको विक्री सुरु गरेको छ।
यो बियर वार्षिक रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै विक्री हुन्छ।
फोस्टर्स गोल्ड स्ट्रङ बियर पनि भर्खरै नेपालमा ल्याईएको थियो।
फोस्टर्स लागर बियरको उत्पादन हुँदा वरफले झन्डै शुन्य डिग्री तापक्रममा छान्ने गर्छ।
यो बियर हरेक मौसममा पिउन सकिने लागर रहेको भन्दै कम्पनीले अष्ट्रेलियाको बियर संस्कृतिबाट प्रेरित रहेको बतायो।
राज ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ। जुन नेपालको एक प्रविधियुक्त ब्रुअरी हो।