आइएमईले ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे विरेन्द्र खाङ्ग बनेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ्गलाई विजेता छनोट गरिएको हो।
विजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए।
सेवाग्राही खाङ्गले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ रकम प्राप्त गरे।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरिले संयुक्त रुपमा स्टार्ट बटम क्लिक गरी विजेता छनोट गरेका थिए।
७७ दिनको योजना अवधिमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभान्वित भए।