२०७२ सालको भुकम्पबाट क्षतिग्रस्त केशर महलको प्रवलीकरणका लागि ठेक्का सम्झौता भएको छ।
राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणअन्तर्गतको केन्द्रिय आयोजना कार्यन्वयन इकाई र जेडसिजिआई–खानी जैभीबीच ठेक्का सम्झौता भएको हो।
सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गरे। जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको हो।
प्रवलीकरण दुई वर्षमा सक्ने सम्झौतामा उल्लेख गरिएको छ।
आयोजना निर्देशक प्याकुरेलले मौलिकस्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने बताए।
निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले एक हप्ताभित्र निर्माण कार्य सुरु गरिने जानकारी पनि दिए।
परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रालि, एसडब्लु नेपाल प्रालि र पिरामिड डिजाइन एसोसिएट्स प्रालिको जेभी छनौट भएको छ ।