एसियाली विकास बैंकको सभापतिमा मासासुगु असक्वा निर्वाचित भएका छन्। बैंकको बोर्ड अफ गभर्न्सको सभापतिमा चयन भएका उनी हाल जापानका प्रधानमन्त्री तथा अर्थमन्त्रीका सल्लाहकार छन्।
६१ वर्षीया उनले एडिबीको १० औं सभापतिको रुपमा २०२०को जनवरी १७ देखि कार्यभार सम्हाल्ने छन्।
जापानको सरकारी निकायमा बसेर चार दशकदेखि काम गरिरहहेका उनले बिए र एमपिए गरेको एसियाली विकास बैंकको वेबसाइटमा प्रकाशित सामाचारमा जानकारी दिइएको छ।