सरकारले किताबमा कर लगाएर १ करोड ४५ लाख ४३ हजार राजस्व संकलन गरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको पहिलो चार महिनामा सो बराबरको राजस्व संकलन भएको देखिएकाे छ।
सरकारले चालू आवदेखि विदेशबाट आयात हुने किताबमा १० प्रतिशत भन्सार कर लगाउन थालेपछि सरकारको राजश्व बढेको छ।
साउनदेखि कात्तिकसम्म १३ करोड २१ लाख ५३ हजारको ११ लाख ४९ हजार ७ सय ४७ वटा किताब आयात भएको छ। यसमा तयारी किताब मात्रै नभएर ब्रोसर, छापिएर आएका पर्चा, शब्दकोष तथा ज्ञानकोष पनि रहेको छ।
सरकारले किताबबाट जम्मा गरेको राजस्व गत वर्षको भन्दा १० लाख ५३ हजार बढी हो। गत वर्षभरिमा १ करोड ३४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
गत वर्ष १२ महिनामा नेपालमा १ अर्ब ८ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ३ लाख ९३ हजार ४ सय ६० किताब आयात भएको थियो।