नक्सालस्थित होटेल मेरिएटको पहिलो तलामा छ, एडमामे रेष्टुरा। उक्त रेष्टुराले नयाँ चाइनिज मेन्यू सुरु गरेको छ। ’ओक एण्ड बउल’ नामक मेन्यूमा प्रत्येक शनिबार लञ्चको समयमा मौलिक चिनियाँ खानेकुरा उपलव्ध हुन्छ।
सोही रेस्टुरेन्टमा जापानी, चिनियाँ र थाइल्याण्डका मौलिक परिकार पहिलेदेखि नै उपलब्ध छन्।
हालै सुरु भएको नयाँ मेन्यूमा दिम्सम, राइस बउल, र लिप स्म्याकिङ वाओस, हास, चिकेन लगायतका परिकार छन्।
मिक्स शाकाहारी रोल्स र लिम्पियाज लगायत परिकार पनि रेष्टुरेन्टमा पाइन्छ।
एशियन कलाको फ्युजन रेष्टुरेन्टमा देख्न पाइन्छ। डिजाइनले प्राचिन सभ्यताको रहस्य र यसबाट अलग्गिदा ब्रम्हाण्डमा गरिएको भोजनको अर्थ दिन्छ।
हरेक सामाग्रीको उत्पादन र गुणस्तर उत्पादनलाई ध्यानमा राख्ने गरेको एडमामेका कार्यकारी शेफ सञ्जीव रन्जन र शेफ निन्जा प्रष्ट पार्छन्।
सञ्जीव रञ्जन र निन्जा भन्छन्, ‘खानाको स्वाद र गुणस्तरलाई ध्यानमा राखि स्वस्थ परिकार पस्किने गरेका छौं, ताकी एकपटकको स्वाद पनि यादगर बनोस्।’