टुबोर्ग ओपन सेसन २ मा त्रिशला गुरुङले रोहित शाक्यसँगै गीत ‘काठमाडौं सहर’को प्रस्तुती दिएका छन्।
उक्त गीतलाई रोहितको नयाँ भाव दिई प्रस्तुत गरिएको छ।
च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन २०१८ मा सुरु भएको एक युट्युब सिरिज हो।
सानैदेखि संगीतमा रुचि राख्ने त्रिशला लोकप्रिय गायिका हुन्।
अहिलेको नेपाली सांगीतिक बजारमा निकै लोकप्रिय नाम हो, रोहित शाक्य।