नेपालको अनलाइन् शपिङ दराजले ‘वर्षको अन्तिम भव्य किनमेल मेला दराज १२.१२’ घोषणा गरेको छ।
दराजले १२.१२.अभियान आउँदो बिहीबारदेखि पुष २ सम्म हुने घोषण गरेको छ।
जसमा उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी ब्राण्डका सामानमा ६० प्रतिशत सम्मको छुट पाउँनेछन्।
यससँगै मेगा डिल, क्रेजी भाउचर पाउनुका साथै उपभोक्ताले मिसन १२.१२. र वानरुपी गेम लगायतका खेलमा सहभागी भई उपहार प्राप्त गर्न सक्छन्।
उपभोक्ताले दराजका बैंकिङ पार्टनरको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाइन पेमेन्ट गर्दा थप २० प्रतिशत वा एक हाजर पाँच सयसम्मको छुट पाउँनेछन्।
गत नोवेम्बरमा दराजले ११.११ को रेकर्ड तोडेको थियो। यस वर्ष ११.११ मा ३ हजार भन्दा बढी विक्रेता थिए र पचास हजार भन्दा बढी उपभोक्ता थिए। साथै दराजले २४ भन्दा बढी सहरमा १.५ लाख भन्दा बढी सामानहरुको व्यापार गराउन सफल भयो।