नेपाल सरकारले अर्थतन्त्र मापणको आधार वर्ष परिवर्तन गर्ने तयारी गरेको छ। जिडिपी मापनको आधार वर्ष फेर्नेबारे सरकारीले तयारी गरिरहेको र सम्भवत: आगामी वर्षदेखि आधार परिवर्तन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
बिश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट प्रकाशन सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले सो घोषणा गरेका हुन्।
अहिलेको मापण तथा आधारबाट अर्थतन्त्रको सबै चित्र नआउने भन्दै उनले आगामी वर्षदेखि परिवर्तन गरिने बताए।
पुरानै मापक र मापदण्डका आधारमा राष्ट्रिय लेखा तयार पार्दा आधुनिक समयमा विकास भएका कतिपय क्षेत्रको आम्दानी गणना छुटेको ऐद्द्दै रकारे नयाँ आधार तय गर्न लागेको हो।
हालसम्म आर्थिक वर्ष २०५७/५८ लाई आधार मानेर गणना हुँदै आएको छ। यसका लागि अहिले केन्द्रीय तथ्यांक विभागले काम गरिरहेको छ।
तथ्यांक विभागका अनुसार २०६७/६८ लाई आधार बनाएर गणना विधि तय गर्ने तयारी गरिरहेको छ।
सरकारले आधार परिवर्तन गरेपछि अर्थतन्त्रको आकारमा पनि केही बृद्धि हुने छ। अहिले गणना हुँदै आएका क्षेत्रमा आधा दर्जन क्षेत्र थप हुने छन्। यसले गर्दा अर्थतन्त्रको आकार स्वत: बढ्ने सरकारको विश्वास छ। सेवा क्षेत्रको विस्तार व्यापक रुपमा भए पनि त्यसको मापण प्रभाव अर्थतन्त्रको गणनामा नपरेको भन्दै आधार परिवर्तन गर्ने निष्कर्षमा सरकार पुगेको हो।
८.५ प्रतिशतको बृद्धिदर हासिल हुन्छ
उक्त कार्यक्रममा खतिवडाले चालु वर्ष सरकारले लिएको बृद्धिदरको लक्ष्य पुरा गर्न सक्षम रहेको बताए। विश्व बैंकले थोरै प्रक्षेपन गरेपनि सरकार भने आफ्नो लक्ष्य प्राप्तिमा प्रतिबद्ध रहेको उनको भनाइ छ।
अहिले देखिएका अर्थतन्त्रका संकेतहरु बलिया रहेकाले ८.५ प्रतिश बृद्धिदरको लक्ष्य कठिन नभएको उनको भनाइ छ।
बिश्व बैंकले चालु वर्षका नेपालको अर्थतन्त्र ६.४ प्रतिशतले बढ्ने अनुमान गरेको छ।