साझ पर्दा नपर्दै नेपालका प्राय सहर सुस्ताइसक्छन्। अन्य सहर जस्तै काठमाडौंमा पनि रातिमा न सार्वजनिक सवारी साधान चल्छन्, न होटल वा महल नै खुल्छन्। अझै ढिलासम्म खुल्ने होटल वा रात्रिकालिन व्यावसाय संचालन गरिरहेको ठाउँमा प्रहरि नै पुगेर बन्द गरिदिन्छन्।
भारतको मुम्बई भने अब २४सैं घण्टा र हप्ताको सातै दिन खुल्ने भएको छ। मुम्बईका सपिङ महल, सिनेमा घर, होटल लगायतका सबै पसलको सुविधा जुनसुकै समयमा लिन पाइने भएको हाे।
बृहन्मुम्बई महानगरपालिकाले मल्टीप्लेक्स र होटल २४सैं घण्टा सातै दिन खुल्ने स्वीकृति दिएको भारतिय संचार माध्यमले बताएका छन्। उक्त राज्यका पर्यटनमन्त्री आदित्य ठाकरेले मुम्बईको थिएटर, मल र होटल हप्ताको सातै दिन खोल्न भनेका हुन्।
सहर २४सैं घण्टा खुल्दा रोजगारीको अवसर बढ्ने उनको दाबी छ। त्यसो त सन् २०१७ देखि नै भारतमा यस विषमा बहस सुरु भएको थियो। २६ जनवरीदेखि यो नियम लागू हुने मिडियाहरुले लेखेका छन्। तर, यसलाई परीक्षणका रुपमा सुरु गरिएको बताइएको छ।
मुम्बईका व्यापारीहरु भने सरकारको यो फैसलाले खुशी भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।