भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब पटके सकुम्बासीको अन्त्य हुने बताएकि छिन्।
भूउपयोग ऐन तथा प्रस्तावित भूमि सम्बन्धी ऐन कार्यान्वयन एवं सहकारी व्यवस्थापन सम्बन्धी प्रदेश तथा स्थानीय तहका पदाधिकारीसँग मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले यस्तो बताएकि हुन्।
‘अब पटके सुकुम्बासीको अन्त्य हुन्छ। सुकुम्बासी एकपटक हुन्छ, पटकपटक हुँदैन। सबै सुकुम्वासी, भूमिहिन, अव्यवस्थित बसोबासीको समस्या समाधान चाडैं हुन्छ।’ उनले भनिन्।
विगतमा १२ वटा आयोग बन्दासम्म समस्या समाधान हुन नसके पनि अब सरकारले १३औं आयोग बनाएर काम सम्पन्न गर्ने तयारीमा रहेको उनले प्रष्टाइन्।