छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजनाहुने भएको छ। नेपाली युवा उद्यमी फोरमको आयोजनामा माघ १२ गते र्याडिसन होटलमा उक्त सम्मेलन हुने भएको हो।
कार्यक्रम ‘कनेक्ट, कोलाबोरेट र क्रियट’ भन्ने नाराका साथ आयोजना गरिदैँछ।
कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ।
एकदिने यस सम्मेलनमा महिला उद्यमशिलताका विषयमा र उनिहरुले भोगेका चुनौती र अवसरहरुको बारेमा विभिन्न सत्रहरुमा छलफल गरिनेछ।
सम्मेलनमा मुख्य दुई सत्रहरु हुनेछन्।
पहिलोमा सी इकोनोमिक्सको बारेमा छलफल गरिनेछ।
महिला लक्षित बजारलाई प्रबद्र्धन गर्ने सोच सहित ‘सी इकोनोमिक्स’ शब्द सन् २०१७ मा सुरुवात भएको हो।
विश्वको आर्थिककाविभिन्न क्षेत्रहरुमा जस्तै अनलाइन, हेल्थकेयर, आर्थिक सेवाहरु, इ कर्मस तथा शिक्षा जस्ता क्षेत्रहरुमा महिला उपभोक्ताहरुको सहभागिता बढ्दै गइरहेको छ। साथै पराम्परागतहिसाबले पुरुषलक्षित बस्तुहरुको उत्पादनमा पनि महिलाहरुको सहभागिता बढ्दै गइरहेको छ।
दोश्रो सत्रमा विज्ञहरु र सरोकारवालाहरु विच सम्बन्ध विस्तार गर्ने अवसर मिल्नेछ।
त्यस्तै , तेस्रोमा लगानी, व्यावसायको वृद्धि, साझेदारी तथा नेतृत्वलगायत विषयहरूमा छलफल हुने आयोजकले जानकारी दिएको छ।
साथै सम्मेलनमा विभिन्न उत्पादनहरुको स्टलहरु पनि राखिनेछ।
कार्यक्रममा, उद्यमी, श्रमिक महिला, व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने छ।
यसमा सहभागी हुन प्रतिव्यक्ति २५ सय रूपैयाँ लाग्ने छ।
विद्यार्थी तथा वञ्चित महिला उद्यमीहरुलाई भने निःशुल्क समेत गर्न सकिने आयोजकले जानकारी दिएको छ।
कार्यक्रमको प्रमुख प्रायोजन लक्ष्मी बैंकले गरेको छ। त्यसैगरि कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तर्राष्ट्रिय श्रम संगठन रहेको छ जसले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्दै आएको छ।
यो वर्ष ३ सयभन्दा बढी सहभागिहरुको सहभागिता रहने आयोजकको अपेक्षा छ।