पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को दौडबाट दिपकराज जोशी बाहिरिएका छन्। आइतबार छनोट समितिले संचालक समितिमा पठाएको तीन जनाको लिस्टमा जोशी परेनन्।
जोशी ४ वर्षको कार्यकाल सकेर पुन सिइओको उमेद्ववारी दिएका थिए। बोर्डले नयाँ सिइओको लागि गत मंसिर १८ मा विज्ञापन खुलाएको थियो।
जसमा १७ जनाले आवेदन भरेका थिए। पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सहितको छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो।
९ जनाको लिस्टमा परेका जोशी आइतबार सार्वजनिक गरेको तीन जनाको सूचिमा परेनन्।
बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर छन्। उनीहरु मध्येबाट एक जना बोर्डको नयाँ सिइओ हुनेछन्।