सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
एएमएल/सिएफटी तालिम कार्यक्रम पोखरास्थित पांँच तारे होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा, कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ, स्याङजा, गोर्खा लगायतबाट तीन सयभन्दा बढी एजेन्टहरुको सहभागिता रहेको थियो।
सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो।
सिटी एक्सप्रेसले बिगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्टबाट ७ हजार ५ सय भन्दा बढी नेपालको एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।