कान्ति बाल अस्पतालको निस्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवा पुन: सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पतालबीच सम्झौता भएको छ।
उक्त सम्झैताअनुरुप काठमाडाै जिल्ला राउन्ड टेबल-२२ (राउन्ड टेबल नेपालको अंश)ले ६ जना स्वयंसेवकलाई लाग्ने खर्च ब्यहोर्ने गरी उक्त सेवा पुनः सञ्चालन गरिने भएको हो।
रगतको सहज उपलब्धता अस्पतालको सेवा लिन आउने लाखौं बच्चाहरुका लागि महत्वपूर्ण विषय भएकाले राउन्ड टेबल नेपालको यस कार्यले भविष्यमा नेपाली सर्वसाधारणकाे हीत गर्ने विश्वास लिइएको छ।
यसका साथै राउन्ड टेबल नेपालले अस्पतालाई थप सहयोग पुग्नेगरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ।