सिम्बोलिक फेसनको दोस्रो आउटलेट नयाँ बानेश्वरमा सुरु भएको छ। माघ ३ देखि नायिका स्वस्तिमा खड्का र नायक तथा निर्देशक निश्चल बस्नेतले उक्त आउटलेटको उद्घाटन गरेका हुन्।
यसअघि सिम्बोलिक फेसनको पहिलो आउटलेट गत बैंशाख १ देखि मैतिवेविमा खुलेको थियो। सिम्बोलिक फेसनको दुवै आउटलेटमा महिला, पुरुष तथा बच्चाहरूको लागि चाहिने बिभिन्न ब्रान्डका कपडा, जुत्ता तथा एसेसरिजहरु उपलब्ध हुने बताइएको छ।
उक्त आउटलेटमा विदेशी नाइक, एडिडास, रिबोक, इरेकका ब्राण्डेड जुत्ताहरुको कलेक्सन समेत रहने छ। उक्त स्टोरका सामानहरु स्टोरका साथ साथै कम्पनीको अफिसियल फेसबुक पेज तथा ईन्स्टाग्राममार्फत अनलाइनबाट समेत खरीद गर्न सकिनेछ।
त्यस्तै देशैभरी घरैमा बसीबसी अर्डर गरे डेलिभरी दिने सेवा समेत उपलब्ध छ।
साथै विभिन्न बैंक मार्फत भुक्तानी एवं ई वालेट ईसेवा, आई एम ई पे बाट समेत अनलाईन खरिदमा भुक्तानी गर्न सक्ने कम्पनिले जानकारी दिएको छ।
निकट भविष्यमा नै सिम्बोलिक फेसनको ई कमर्स पोर्टल सिम्बोलिक फेसन डट कम बाट समेत घरैमा बसि बसि सामान खरिद गर्न सकिने व्यवस्था मिलाउने कम्पनीले बताएको छ।
कम्पनीले सन् २०२० को अन्तसम्ममा थप तीनवटा नयाँ आउटलेट समेत स्थापना गर्ने जनाएको छ।
उद्घाटनसँगै कम्पनीले २०७६ माघ ०३ गतेबाट माघ १७ गतेसम्म १५ दिनको लागी ‘ग्रान्ड ओपनिङ फेस्ट’ मनाउने भएको छ।
यस अवधिभरि आउटलेटमा उपलव्ध सम्पूर्ण सामानहरुमा २५५ ग्रान्ड ओपनिङ छुट दिने घोषण गरेको छ।
साथै कम्पनीले सामाजिक संञ्जाल फेसबुक तथा इन्स्टाग्राम चेक–इन गर्नेहरूको लागि अतिरिक्त ५५ छुट कुपन प्रदान गरिने र उक्त कुपन कम्पनीको दुबै आउटलेटमा प्रयोग गर्न सकिने बताएको छ।
यसबाहेक, कम्पनीले दैनिक, साप्ताहिक, र मेगा लकी ड्रको पनि घोषणा गरेको छ। लकी ड्रमा भाग लिन ग्राहकहरूले कम्तिमा दुई हजार मूल्य बराबरको सामानहरू खरिद गर्नु पर्ने छ।
दैनिक भाग्यशालीको छनोट प्रत्येक दिन अपराह्न ८ः३० बजे कम्पनीको अफिसियल फेसबुक पेजबाट फेसबुक लाइभ मार्फत घोषित गरिनेछ।
दैनिक लकी ड्र को विजेताले कम्पनीको कुनैपनि आउटलेटहरूमा अन्य सामान खरिदमा ४०५ फ्याट छुट पाउँनेछन् ।