नेपाल क्लियरिङ हाउस लिमिटेडले विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटिजिएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्ने भएको छ।
यस सम्बन्धमा नेपाल क्लियरिङ हाउसले मुक्तिनाथ विकास बैंक, ज्योति विकस बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग फरक–फरक सम्झौता गरेको छ।
उक्त सम्झौताअनुरुप बैंकहरुलाई आरटिजिएस प्रणालीमार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ प्रणालीमा जोड्न चाहिने हाउसले आवश्यक ‘आरटिजिएस इन्टिग्रेसन मिडिल वायर, कनेक्ट आरटिजिएस’ उपलब्ध गराउने भएको हो।
नेपाल क्लियरिङ हाउसले नेपाल राष्ट्र बैंकको आरटिजिएस प्रणालीको प्रभावकारिता बढाउन विशेष सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कनेक्ट आरटिजिएस प्रणाली पहिलो चरणमा अधिकांश ’क’वर्गका वाणिज्य बैंकहरुमा सफलतापूर्वक कार्यान्वयनमा आईसकेको बताइएको छ। अब नेपाल राष्ट्र बैंकसंग आरटिजिएस प्रणालीको लागी 'डाइरेक्ट मेम्बर'को रुपमा सम्झौता गरी सकेका ’ख’ तथा ’ग’वर्गका वित्तिय संस्थाहरुको लागी पनि उपलब्ध गराइने भएको छ।
आरटिजिएस प्रणालीमा ठूलो मूल्यका र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ।