काठमाडौंको केही क्षेत्रमा बुधबार दिनभर बत्ती जाने भएको छ।
महाराजगंज वितरण केन्द्रको बुढानिलकण्ठ फिडरबाट वितरित लाइन चक्रपथ विस्तारको लागि रुख कटान गर्न बुधबार बिहान साढे ७ बजे देखि साँझ ५ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले बताएको छ।
उक्त फिडरअन्तर्गत पर्ने बसुन्धारा, श्रीटोल लगायतका क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको हो।
रुख कटान कार्य निर्धारित समय अगाडि नै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुने समेत प्राधिकरणले जनाएको छ।