चिनियाँ लगानीकर्ताले होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न प्रस्ताव गरेका छन्। उद्योग विभागमार्फत् माघ महिनामा उक्त लगानी प्रस्ताव गरेका हुन्।
२५ करोड लगानीमा ४८ बेडको होटल र ७५ सिटको रेष्टुरेन्ट खोल्ने बताएका छन्। उक्त होटल प्रस्ताव अनुरूप काठमाडौंमा खुल्ने छ।
होटल सञ्चालनमा आएपश्चात् ५० जनाले रोजगारी पाउने छन्।
माघ महिनमा ११ वटा उद्योगदर्ता भएका छन्। जसमध्ये एउटा होटलका लागि प्रस्ताव आएको छ भने १० वटा सफ्टवयेर सञ्चालन तथा गाडी मर्मतका लागि आएका छन्।
पछिल्लो समय होटलमा वैदेशिक लगानी बढ्दै गएको छ। उद्योग विभागको साउनदेखि माघसम्मको तथ्याङ्क हेर्ने हो भने होटल क्षेत्रमा बढी लगानी आएको देखिन्छ।
उक्त लगानी चिनियाँ लगानीकर्ताबाट आएको विभागको तथ्याङ्कले देखाएको छ।