उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलिवद्युत आयोजना कसैलाई पनि नदिइएको बताएका छन्।
प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको उत्तर दिंदै उनले अहिलेसम्म सरकार डुबान क्षेत्रको मुआब्जा वितरणको काम गरिरहेको र निर्माणका लागि कसैलाई पनि नदिएको बताएका हुन्।
उनले यही वर्षभित्र मुआब्जा वितरण र निर्माणको मोडालिटी टुंगो लगाएर अर्को वर्षदेखि निर्माणमा जाने जानकारी गराए।