डिशहोमले डिलर दाइको डिस्काउन्ट नामक योजनाको विजेता घोषणा गरेको छ।
यो योजना गत महिनाको २७ गतेदेखि यही महिनाको १ गतेसम्म फन्ड ट्रान्फरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर उक्त लाइभ लक्कि ड्र सम्पन्न गरेको हो।
योजनाअनुसार गत शुक्रबार साँझ ५ बजे डिशहोमको सो केस च्यानल नं. १०० बाट लक्कि ड्र प्रसारण गरिएको थियो।
पहिलो लक्कि ड्रबाट बिजय भएका नवलपरासीका सुदिप मरासिनी र पोखरा कास्कीकी बिनिता गुरुङलाई प्रति व्यक्ति एक लाख नगद उपहार प्रदान गरिने बताइएको छ।
आउँदो लक्कि ड्र शुक्रबार सोही च्यानलबाट प्रसारण गरिने जानकारी गराइएको छ।
फाल्गुन २ गते देखि ८ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नेलाई ९ गतेको लाइभ लक्कि ड्रमा समावेश गरिने बताइएको छ।