स्टार इंडिया ग्रुपले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री साङ्गीतिक कार्यक्रम तथा स्टार इन्टरनेशनल एडुकेशन अवार्ड २०२० सम्पन्न गरेको छ।
बुधबार डी.ए.भी. शुशील केडिया विश्व भारति उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा सम्पन्न गरेको हो।
कार्यक्रममा भारतबाट आमन्त्रित ९ प्रतिष्ठित कलाकारहरूलाई भारत गौरब रत्न अवार्ड बाट बिभुषित गरिएको छ। उक्त कलाकारहरूको समूहको विभिन्न प्रस्तुति हेर्नको लागि एक हजार बढी उपस्थित थिए।
भारत गौरब रत्न अवार्ड २०२० बाट बिभुषित हुने कलाकारहरूमा अदिती जमडाडे, संजुक्ता मुखर्जी, स्वाती शर्मा, सुजाता रामनाथन, चंदना अप्पम, सुजता भिडे, तेजश यादब, आभा वामबुरकर र सुनिता जमडाडे छन्।
स्टार इंडिया ग्रुपको २०२० को इन्टरनेशनल एडुकेशनल अवार्ड डी.ए.भी. विद्यालयले पायो।