आउँदो शनिवार धादिङमा ‘अचनेटार गंगाजमुना सल्यानकोट म्याराथुन महोत्सब’ हुने भएको छ।
अचने उपभोक्ता समितिको आयोजनामा हुने महोत्सबमा भ्रमण वर्षसम्बन्धि विभिन्न विषयमा छलफल हुने बताइएको छ।
आयोजक समितिले पत्रकार सम्मेलन गरी म्याराथुन महोत्सबमा स्थानीय र बाह्य गरी २ सय भन्दा बढीको सहभागिता हुने बताएको छ।
म्याराथुन महोत्सबमा प्रथम हुनेलाई १ लाख , द्धितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।