स्वास्थ्य सेवा विभागले नयाँ बसपार्क र नागढुङ्गामा हेल्थ डेस्क स्थापना गरेको छ।
काठमाडौं भित्रने र बाहिरिने यात्रुको ज्वरो जाच्न हेल्थ डेस्क स्थापना गरिएको स्वाथ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रशाद श्रेष्ठले जानकारी दिए।
‘यहाँबाट जाने यात्रुको बसपार्कमा तापक्रम परीक्षण गर्छौ र बाहिरबाट आउनेको नागढुङ्गामा गर्छौ,’ उनले सेतोपाटीसगँ भने ‘ ज्वरो देखिए उक्त व्यक्तिलाई तुरुन्तै अस्पताल पठाउछौं।’
कोटेश्वर र बल्खुमा हेल्थ डेस्कको आवश्यकता भएपनि ठाउँको अभावले शुक्रबार त्यहाँ सुरु गर्न नसकिएको श्रेष्ठले बताए।
‘हेल्थ डेस्कको लागि घर चाहिन्छ। घर भेटिन साथ हामी तुरुन्तै हेल्थ डेस्क सुरु गर्छौ’ उनले भने ‘हेल्थ डेस्क राखेपनि डारउनु पर्दैन, हामी सजग मात्र भएका हौं।’
सरकारले हेल्थ डेस्क राखेर राम्रो गरे पनि ढिलो र अपुरो गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
‘हामीले १० दिन अघिबाट हेल्थ डेस्क राख्न माग गरेका थियौं तर बल्ल २ ठाउँमा राखिदिएको छ’, उनले भने ‘अरु नाकाबाट पनि बिरामी आउनसक्छन्, ती नाकासहित देशका अरु ठाउँमा कहिले हेल्थ डेस्क राख्ने।’
चाप धेरै भएको र त्यसअनुसार यातायात सेवा कम भएकोले त्यसले झन समस्या निम्त्याउने भन्दै उनले सर्वसाधारणलाइ नआत्ति
चाप कम भएपछि मात्रै घर जान आग्रह गरे।