उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औषधि व्यवसायीलाई औषधि उत्पादन, ढुवानी र बिक्री वितरणमा काम गर्ने मजदुरहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिन निर्देशन दिएका छन्।
मन्त्री भट्ट, सचिव, औषधि उत्पादक एवम् बिक्रेता व्यवसायीहरू र ढुवानीकर्ता व्यवसायीहरूसँग सोमबार बसेको बैठकले औषधि क्षेत्रमा काम गर्ने मजदुरहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिन निर्देशन दिएका हुन्।
मजदुरहरूका लागि आवश्यक स्वास्थ्य सुरक्षाको उपायहरूको प्रबन्ध गरी औषधिको उत्पादन र आपूर्तिमा कुनै व्यवधान नआउने व्यवस्था गर्न व्यासायीलाई निर्देशन दिएका छन्।
बैठकमा सङ्कटको अवस्थामा श्रमिकको स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था मिलाई औषधिको उतपादन र आपूर्तिलाई सुचारू राख्ने व्यवसायीले प्रतिबद्धता व्यक्त गरेका छन्।