‘आइएमई पे’ले मोबाइल वालेट खातामा विभिन्न योजनाहरू ल्याएको छ।
योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुनेगरी ४ प्रतिशत ब्याज पाइने भएको छ।
यसका लागि सेवाग्राहीहरुले वालेटमा १००० को न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ। सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिट्यान्स थिचेर मोबाइलमा प्राप्त गर्न सकिन्छ।
साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ।
यससँगै सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यासब्यक प्रदान गर्ने भएको छ।
हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन्।
यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आग्रह गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने बताइएको छ। रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ।
सेवाग्रहिहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरी सजिलो, भरपर्दो र छरितो सेवा लिनसक्ने सुबिधा ल्याएको आइएमई पेको भनाइ छ।