कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेसँगै सरककारले लकडाउन गरेको छ। यसका कारण देशको उद्योधन्दा सबै ठप्प छ। यसैबीच सरकारले मजदुरदेखि उद्योगी व्यवासयीसम्का लागि विभिन्न प्याकेज ल्याएको छ।
आज बसेको मन्त्रिपरिषदको बैठकले व्यवसायीहरुका लागि कर चैतमा बुझाउनुपर्ने कर बैशाखमा तिरे हुने व्यवस्था गरिदिएको छ। यसरी चैतमा नबुझाए बापत जरिवाना नलाग्ने भएको छ।
सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले मूल्यअभिवृद्धि तथा आयकरको विवरण विवरण पेश तथा कर दाखिला गर्ने समय वैशाख २५ सम्म पुर्याइएको जानकारी दिएका छन्।
यो निर्णयसँगै व्यवसायीले मूल्यअभिवृद्धि कर पनि एक महिनापछि बुझाए हुने भएको छ।
त्यस्तै व्यवसायीहरुले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा योगदान गरेपछि त्यसलाई खर्च देखाउन पाउने भएका छन्।
कोरोनाबाट धेरै प्रभावित क्षेत्रका उद्योग व्यवसायलाई धेरै ऋण प्रदान गरिने पनि भएको छ।
राहतसँगै व्यवसायीलाई सरकारले केही दायित्व पनि थपिदिएको छ। संगठित क्षेत्रका प्रतिष्ठानले पूर्ण तलब दिनुपर्ने छ। सामाजिक सुरक्षा कोषमा दर्ता भएका प्रतिष्ठानका कर्मचारीको चैत महिनाको योगदान सरकारले तिरिदिनेछ।
होटल तथा पर्यटन क्षेत्रमा काम गरिरहेका ज्यालादारी तथा नियमित कर्मचारीलाई चैत महिनासम्मको पूरै तलब दिन सरकारले निर्देशन दभएको छ।