चेम्बर अफ कमर्सले विभिन्न ठाउँमा सामाग्री र नगद वितरण गरेको छ।
लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई आइतबार एक लाख एक हजार एक सय नगद दिएको छ।
स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीलाई सोही दिन ३ हजार माक्स वितरण गरेको छ।
यसका साथै २५ किलोको १२ वटा चामलको बोरा, आलु ५० किलो, तेल, नुन लगायतका सामानहरु वितरण गरेको छ। यसका साथै १० वटा पिपि पनि वितरण गरेको छ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क बनाएको छ।
साथै पोखरा चेम्बर अफ कमर्स कास्कीले पाँच हजार माक्स प्रहरी प्रशासन, स्वास्थ्य निर्देशनालय र रुपा गाउँपालिकालाई वितरण गरेको छ।