साल्ट ट्रेड्रिङ कर्पोरेशनले बुधबार मोवाइल भ्यान माफर्त काठमाण्डौं उपत्यकाका विभिन्न १२ ठाउँमा खाद्यान्न बेच्ने भएको छ।
सामाखुसी चोक, गोंगबु, टोखा, झीर टोखा, खुशीबु, नयाँ बजार, बालाजु, बालाजु रिंगरोड, कुपण्डोल, सानेपा, गसिंगाल, पाटन लगायतका क्षेत्रहरुमा खाद्यान्न (चामल, नुन चिनी,
आटा, मैदा) विक्री वितरण गरिने साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए।
साल्ट ट्रेडिङले लकडाउन अगावैदेखि घुम्ती सेवा मार्फत खाद्यान्न बिक्री गर्दै आएको छ।