क्लिनीक वानले विश्वभर फैलिएको कोभिड–१९ (कोरोना भाइरस)का कारण सरकारले गरेको लकडाउनको समय सदुपयोग गर्न विभिन्न कार्यक्रमको आयोजना गरेको छ।
तीन किसिमको प्रतिस्पर्धा अनलाइनबाटै सरल तरिकाले गर्न सकिने क्लिनीक वानले बताएको छ।
तीन किसिमका कार्यक्रम अन्तर्गत पहिलो ‘एसे राइटिङ’, दोस्रो ‘ह्यान्ड वासिङ भिडियो’ र तेस्रो ‘पेन्टिङ’को प्रतिस्पर्धा रहेको छ। एसे राइटिङ र पेन्टिङ १० कक्षामुनीका विद्यार्थीले मात्रै गर्न पाउँनेछन्।
‘ह्यान्ड वासिङ भिडियो’ प्रतिस्पर्धामा भने जोकोही पनि सहभागी हुनसक्छन्। यी सबै प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई क्रमशः ५ हजार र ३ हजार रुपैयाँको व्यवस्था गरिएको छ।