शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण गरेको छ। यससँगै क्वारेन्टाइनका लागि १० वटा क्वारेन्टाइन बेड सहयोग गरेको छ।
शिवम् सिमेन्टले मकवानपुरस्थित उद्योगपरिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा खाद्यन्न वितरण गरेको हो।
साथै मकवानपुर गढी गांउपालिकामा आइसोलेसन बेड र अरु १० बेड बनाउन आर्थिक सहयोग गरेको छ।