नेपालको अनलाइन बजार दराजले बिग मार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यका भित्र डेलिभर गर्न सुरु गर्ने घोषणा गरेको छ।
उक्त साझेदारी र सरकारको अनुमतिअनुसार दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घरमा दैनिक आवश्यक वस्तुहरू जतिसक्दो चाँडो पूर्याउन तयारी गरेका छन्।
साझेदारीको रूपमा दाराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुनेछ।
ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक उत्पादनहरूको पाउनेछन्।
साथै ग्राहकहरूले दराजको केही बैंक पार्टनरहरूको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि १० प्रतिशत अधिकतम रु ५०० को छुट पाउनसक्नेछन्।
सनराइज बैंक, सनिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका कार्ड प्रयोग गरेर छुट पाउन सकिन्छ।
दराजमा बिगमार्टका सामानहरू दाराज एप वा वेबसाइट को गृहपृष्ठ र होमपेजमा सजिलै भेट्न सकिने बताइएको छ।