कोरोना भइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि निमार्ण व्यवसाय विकाश परिषद्ले प्रत्येक प्रदेशलाई १३ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।
परिषद्का अध्यक्ष ताथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङको अध्यक्षतामा बिहिबार बसेको बैठकले निमार्ण व्यवसाय विकाश परिषद् अन्तरर्गतको निमार्ण व्यवसायी कोषबाट कुल ९१ लाख सहायता रकम सबै प्रदेशको कोरोना भइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने निणर्य गरेको हो।
त्यस्तै परिषद्को यसअघि चैत ५ गते बसेको बैठकले निमार्ण व्यवसायी कोषबाट कोरोना भइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहायता रकम दिने निणर्य गरेको थियो।