२०७६ सालको फागुनसम्मको तथ्यांकअनुसार सरकारलाई ११ खर्ब ४९ अर्ब ऋण लागेको छ।
संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा युवाराज खतिवडाले यो वर्ष ९१ अर्ब ऋण थपिएको जानकारी दिए।
सरकारले बजेटमा तय गरिएका कार्यक्रम कार्यान्वयनका लागि राजश्वबा र अनुदानबाट हुने अपुग पूरा गर्नका लागि आन्तरिक र विदेशी ऋण लिंदै आएको छ।
हालसम्म सरकारले तिर्न बाँकी ६ खर्ब ९९ अर्ब ७६ करोड विदेशी ऋण छ भने बाँकी आन्तरिक ऋण रहेकोछ।