कुवेतमा रहेका १५० महिला आज पनि स्वदेश फर्किएका छन्।
जजिरा एयरवेजको चार्टर्ड उडानबाट उनीहरु आजमात्र काठमाडौं आइपुगेका हुन्। जजिरा एयरबाट यसअघि ३ उडानबाट नेपाली महिला कामदार फर्किसकेका छन्।
अझै चारओटाउडान हुने जजिरा एयरको नेपालस्थित जनरल सेल्स एजेन्सी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले जानकारी दिए।
अहिलेसम्म आएका र अझै आउने चार उडानमा आउने नेपालीहरुलाई कुनै पनि टिकट शुल्क भने लाग्ने छैन। कुवेत सरकारले आफ्नै खर्चमा जजिरा एयरमार्फत् उडान पठाइरहेको छ।
'हामीले पहल गरेर जजिरा मार्फत् निशुल्क रुपमा त्यहाँ रहेका नेपालीहरुलाई ल्याउने पहल गरेका हौ। यसका लागि हामीले कुवेत सरकारसँग पहल गरेका थियौ। झन्डै १२ सय नेपाली पहिलो चरणमा निशुल्क आउने छन्' सिंहले सेतोपाटीसँग भने।