नागढुंगा सुरुङमार्ग बनाउँदा उपयोग हुने जग्गाका मोहीले पनि मुआब्जा पाउने भएका छन्।
जग्गाधनी प्रमाणपत्र नभएका तर गुठीको जग्गा भोगचलन गरिरहेकाहरुले पनि कूल मूल्यांकनको ५० प्रतिशत मुआब्जा पाउने भएका हुन्।
जग्गा भोगचलन गरेको प्रमाणका आधारमा त्यसरी भुक्तानी दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा अर्थ,सञ्चारमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
यसअघि जग्गाधनीहरुले मुआब्जा पाएनि गुठीको जग्गा भोगचलन गरिरहेकाले नपाएको भन्दै आन्दोलन भएको थियो। त्यहाँका जनप्रतिनिधिहरुलेसमेत उक्त आन्दोलनमा साथ दिएका थिए।
निर्माणको काममै अवरोध भएपछि त्यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले संघीय सरकारसँग वार्ता गरेका थिए।