सरकारले नेपालभरका विद्यालयहरुमा सित्तैंमा स्यानिटरी प्याड वितरण गर्ने घोषणा गरिसकेको छ। सरकारले जारी गरेको आवश्यक मापदण्डहरु अनुकूल हुने गरी सेफ्टीले नयाँ स्यानिटरी प्याड ‘स्कूल गर्ल’बजारमा ल्याएको छ।
यो स्यानिटरी प्याड स्कूल गर्लका विशेषताअन्तर्गत प्याडको लम्बाई २४० मिमि, मोटाई १३ मिमि र चौडाई ६५ मिमि छ। साथै पर्याप्त साेस्ने क्षमता भएको र प्रयोग गरेपछि नष्ट गर्न मिल्ने तथा नेपालकै उत्पादन रहेको छ।
उक्त प्याड सरकारको निर्देशनअनुसारको गुणस्तरहरुमा आधारित रहेर उच्च मापदण्डमा बनाइएको कम्पनीले बताएको छ।
सेफ्टीका बजार व्यवस्थापक स्वर्णिमा राजभण्डारीले भने ‘हामी यो नयाँ उत्पादन स्कूल गर्ललाई सरकारको मापदण्ड अनुकूल हुने गरी प्रस्तुत गर्न सक्षम भएकोमा हर्षित छौं। सरकारले अपनाएको उल्लेखनीय पहलमा (निःशुल्क प्याड वितरण गर्ने) हाम्रो पनि सहयोग रहने अपेक्षा गरेका छौं।’
यस अभियानको उद्देश्य स्यानिटरी प्याडको सहायताले नेपालका ग्रामीण भेगका किशोरीहरु रजस्वला हुँदा पनि विद्यालय जान नछुटुन् भन्ने हो।