लकडाउनका कारण माल्दिभ्समा रोकिएका १४४ जना नेपाली आज स्वदेश फर्किने भएका छन्।
नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई चार्टर्ड उडानबाट स्वदेश फर्किन अनुमति दिने निर्णय गरेपछि पछिल्लो समय विभिन्न देशबाट नेपालीहरु स्वदेश फर्किरहेका छन्।
सम्बन्धित मुलुकमा रहेका नेपाली दुतावासको सूचीकरणअनुसार क्रमश: नेपालीहरु फर्किरहेका छन्।
माल्दिभ्सबाट आज नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट १४४ जना नेपाली फर्किन लागेको र जहाज बेलुका पौने पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतवरण गर्ने टिकेटिङको जिम्मा पाएको जेनिथ ट्राभल्सका म्यानेजर दिपक मैनालीले जानकारी दिए।
सरकारले विभिन्न गन्तव्यका लागि एयरलाइन्सलाई जिम्मा दिएको थियो। यसअघि हिमालय एयरलाइन्सले तीन उडानबाट माल्दिभ्सबाट नेपालीहरुलाई स्वदेश फर्काइसकेको छ।