डाबरले ड्याजल डिस्इन्फेक्टेट फ्लोर क्लिनर बजारमा ल्याएको छ। यो भुईं सफा गर्ने उत्कृष्ट फ्लोर क्लिनर हो।
वैज्ञानिक परिक्षणअनुसार यसले भुईंमा रहने ९९.९ प्रतिशत किटाणुहरुको नाश गर्छ। साथै भुईंलाई चम्किलो र वास्नादार बनाउँछ।
ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर ५०० मि. लि. र १ लिटर को जार एक सय ४० र २ सय ६५ रुपैयाँमा बजारमा पाइन्छ।
साथै अहिलेको महामारी लाई ध्यानमा राख्दै उपभोक्ताको मागअनुसार ओडोनिरको एयर स्यानिटाइजर पनि बजारमा पाइने डाबरले बताएको छ।
यसले हावालाई किटाणु रहित बनाउनुुका साथै वास्नादार पनि बनाउँदछ। १५३ मि.लि. को एयर स्यानिटाइजर २ सय ३८ मा पाइन्छ। यसलाई सबै प्रकारका घरहरु, अफिसहरु तथा गोदामहरुमा प्रयोग गर्न सकिने बताइएको छ।