संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सको सञ्चालक समितिमा रिक्त सदस्यमा प्रकाश पौडेल र फुर्बा ग्याल्जेन शेर्पालाई नियुक्त गरेको छ।
मन्त्रीस्तरीय निर्णयबाट मन्त्री योगेश भट्टराईले चार्टर्ड एकाउन्टेन्ट पौडेल र पर्यटन व्यवसायी शेर्पालाई सदस्यका रुपमा नियुक्त गरेको हो।
मन्त्रालयले दिएको जानकारीअनुसार यी दुबैलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो।