एसियाली विकास बैंकले ३० लाख अमेरिकी डलर अनुदान दिने भएको छ। बैंक बोर्डले नेपालमा कोरोना नियन्त्रणको प्रयासमा सहयोग गर्नका लागि उक्त अनुदान दिने निर्णय गरेको हो।
जापान सरकारले दिएको यो अनुदान एडिबीको स्थापना गरेको प्रकोप नियन्त्रण कोष मार्फत् आउने छ।
विदेशबाट फर्किएका कामदारका लागि आवश्यक क्वारेन्टिन, औषधि उपचारका सामग्री खरिदमा अनुदान उपयोग हुने बैंकले जानकारी दिएको छ।