राजश्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा एक भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरेको छ।
विगभाले दार्जिलिङका रविकुमार शर्मा तथा मजफरफुर विहार बस्ने पप्पुकुमार विरुद्ध १ करोड ७५ लाख विगो कायम गरी मोरङ्ग जिल्ला अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ।
यी दुई चालकले भारतीय नम्बर प्लेटको ट्रकमा १ करोड ९ लाख ७९ हजार ५३० भारु लुकाएर लिंदै गर्दा सशस्त्र प्रहरी वलको टोलीले पक्राउ गरेको थियो।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१) बमोजिम जनही बिगो बमोजिमको जरिवाना गरी बिगोको तीन गुणासम्म थप जरिवाना माग गर्दै विभागले मुद्दा दायर गरेको छ। अभियुक्तहरुलाई ३ वर्षको कैद सजाय पनि माग गरिएको छ।