अल्फा बिटाले यस वर्षको ब्रिजकोर्स कक्षा अनलाईन माध्यमबाट सुरु गरेको छ। कक्षा १० सकेर बसेका विद्यार्थीलाई यो लकडाउनको समय सदुपयोग गराउन यस्तो कक्षा सुरु गरिएको हो।
साथै सैन्ट जेभियर्स, बुढानिलकण्ठ, यस्. ओ. यस्. जस्ता कलेजहरुको इन्ट्रान्स इक्जामको तयारी गराउन समेत अनलाइन कक्षा सुरु गरिएको अल्फा बिटाले बताएको छ।
अल्फा बिटाका प्रेसिडेन्ट तथा सि. ई. ओ. द्विराज शर्माले भने 'लामो समयको फुर्सदलाई ब्रिजकोर्समा लगाउन सकेमा टप कलेजहरुको इन्ट्रान्स इक्जाममा अब्बल नतिजा ल्याउन सकिन्छ। आगामी शैक्षिक कार्यक्रमलाई सहज हुने र करिअरका लागि समेत सहयोगी हुन्छ। त्यसै खेर जाने समयको सही सदुपयोग गर्ने अवसर हो, ब्रिजकोर्स।'
अल्फा बिटाले यस वर्ष विद्यार्थीका लागि साइन्स र म्यानेजमेन्टका ब्रिजकोर्सका कक्षा सञ्चालन गरेको छ।
अल्फा बिटाले उपलब्ध गराउने ब्रिजकोर्समा कोर्सको ग्याप पूरा गर्ने मात्र होइन, विद्यार्थीको रुचि र क्षमता बुझेर कक्षा ११ मा कस्ता विषय पढ्न उपयुक्त हुन्छ भन्ने सुझाब समेत दिने बताइएको छ।
अल्फा बिटाले आफ्ना सबै कक्षाहरु आयल्स, जिआरइ स्याट लगायत अनलाईन माध्यम द्वारा संचालन गरिरहेको छ।