नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्ष सहित आफ्नो टीमको उम्मेद्वारी घोषणा गरेका छन्।
‘समृद्विको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने मुल नाराका उम्मेदवारी घोषणा गरेका हुन्। ढकालको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई छन्।
नयाँ नेतृत्वले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त नगरी आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्नका लागि काम गर्ने ढकालले बताए।
महासंघको निर्वाचन आगामी साउन २६ र २७ गते बार्षिक साधारण सभा हुँदै छ।