नेपाली काँग्रेसले चालु वर्षको मौद्रिक नीति कोभिड १९ कारण सिर्जित समस्या समाधानमा केन्द्रित गर्न सुझाव दिएको छ।
काँग्रेसको अर्थतन्त्र केन्द्रित विशेष समिति आर्थिक वर्ष २०७७-२०७८ को मौद्रिक नीतिमा नीतिगत सुझाव सझाव दिंदै दिगो आर्थिक पुनरुत्थानका लागि मौद्रिक नीतिबाट केही सम्बोधन हनुपर्ने सुझाव दिएको हो।
काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महत, पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणा, योजना आयोगका पूर्व उपाध्यक्षहरु शंकर शर्मा,गोविन्दराज पोखरेल र स्वर्णिम वाग्ले सम्मिलित उक्त समितिले आर्थिक पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार,विनीमय दर एवं बाह्य भुक्तानी सन्तुलनर नियमन तथा सुपरिवेक्षण क्षमता बढाउनमा नीति केन्द्रित हुनुपर्ने सुझाव दिएको छ।
समितिले तयार पारेको सुझावका बारेमा बोल्दै काँग्रेस नेता तथा पूर्व अर्थमन्त्री महतले वर्तमान समस्या समाधानका लागि जानसक्नेसम्म मौद्रिक नीति पुग्नुपर्ने बताए।
'सबैभन्दा मुख्य कुरा केन्द्रीय बैंकको स्वायत्तता बचाउनुपर्छ। त्यसलाई निष्पक्ष ढंगले काम गर्न दिनुपर्छ। संस्थागत क्षमता विकासमा पनि उत्तिकै ध्यान दिन जरुरी छ'महतले भने।
कोभिड-१९ को प्रहारबाट विश्व र राष्ट्रिय अर्थतन्त्रनै धराशायी हुने अवस्थामा पुगेको, दशौँ लाख मानिसको आय र रोजगारीमा नकारात्मक असर परिरहेको र अनिश्चितताले गर्दा लगानी एवं आर्थिक गतिशीलतामा निजी क्षेत्र आश्वस्त नहुँदा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको महत्व अन्य वर्षहरुमा भन्दा अधिक रहेको समितिले ठहर गरेको छ।
महामारीले एकातिर बैंकहरुको निक्षेप तथा अन्य स्रोत परिचालन गरी तरलता वृद्धि गर्ने र कर्जा विस्तार गर्न सक्ने क्षमता कमजोर भएको अर्कोतर्फ उद्योग–व्यवसाय रुग्ण वा बन्द हुने अवस्थामा विप्रेषण, पर्यटन तथा निर्यातबाट प्राप्त हुने विदेशी मुद्राको आम्दानी कम हुनगई भुक्तानी सन्तुलनमा थप प्रतिकूल प्रभाव पर्ने देखिएको बेला सुझबुझपूर्ण तरीकाले मौद्रिक नीति बनाउनुपर्ने समितिलाई सुझाव दिएको छ।
यस्ता छन् समितिका सुझावहरु: