नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व.२०७६/७७ असार मसान्त भित्र कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको छ।
यो गत वर्षको तुलनामा २२.२ प्रतिशतले बृद्धी भएको हो।
विभिन्न भुक्तानी प्रणालीहरु मार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा नेपाली ९६.८ खर्ब , युएस डलर ३२ करोड, इयुआर २३.८ करोड र जिबिपी १७.१ करोड बराबर रहेका छन्।
यस सँगै राष्ट्रियस्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसिएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धी दर ५८.८ प्रतिशत पुगेको छ।
हाल एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत दैनिक औसत ३६.२ रुपैयाँ अर्ब बराबरको ७७ हजार १ सय १५ भुक्तानी कारोबार हुने गरेका छन्।
एनसिएचएलका एनसिएचएल इसिसि, एनसिएचएल आइपिएस र कनेक्टआइपिएस एनसिएचल लगायतका विभिन्न भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु संचालनमा रहेका छन्। यसका साथै विभिन्न संस्थाहरुको भुक्तानी कारोबारहरु थप सहज बनाउन नेशनल पेमेन्ट्स इन्टरफेस (एनपिआइ) तथा कनेक्टआरटिजिएस पनि संचालन गर्दै आएको छ।