विश्व बैंकले गएको आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा खुम्चिएको अनुमान गरेको छ।
विश्व बैंकले नेपालको डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो। कोरोनाभाइरसका कारण अर्थतन्त्रका अधिकांश क्षेत्रमा सुस्तता आएकाले वृद्धिदर खुम्चिएको बैंकले प्रक्षेपण गरेको छ।
विश्व बैंकको यो अनुमान सरकारी अनुमानभन्दा न्यून हो। सरकारले केन्द्रीय तथ्यांक विभागले गएको वर्ष २.३ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो।
बैंकले गएको वर्ष मूल्यवृद्धि ६.६ प्रतिशत कायम भएको बैंकले अनुमान गरेको छ।
कोरोनाका कारण माग तथा आपूर्ति नै प्रभावित भएकाले आर्थिक वृद्धिदर खुम्चिएको बैंकको भनाइ रहेको छ। यो बीचमा सरकारी खर्च पनि बढ्न नसकेको र आयात तथा उपभोगक सिमित हुँदा राजश्व संकलन पनि प्रभावित भएको बैंकले बताएको छ।
पर्यटक आगान तथा अन्य सेवाबाट हुने आम्दानी गएको चार वर्षकै न्यून भएको तथा धान उत्पादनमा पनि गिरावट आउँदा अर्थतन्त्र सुस्त भएको बैंकको निष्कर्ष छ।