नेपाल आयल निगमले भैरहवा डिपो ५ दिन बन्द गर्ने भएको छ। निगमको ५ नम्बर प्रादेशिक कार्यालय भैरहवाको ३ जना कर्मचारी, पेट्रोल पम्पका ३ जना र हवाई इन्धन डिपोका ५ जना गरि ११ जना कोरोना भाइरसबाट संक्रमित भएपछि निगमले भैरहवा डिपो ५ दिन बन्द गर्ने भएको हो।
डिपो बन्द अवधिभर त्यस क्षेत्रका डिलरहरूका लागि पेट्रोलियम पदार्थ अमलेखगञ्ज डिपोबाट आवश्यकताअनुसार अमलेखगञ्जकै ट्यांकरबाट ढुवानी गराई त्यहीका कर्मचारीबाट बिक्री वितरणको व्यवस्था मिलाईने निगमले जनाएको छ।
भैरहवा डिपो आसपासका पेट्रोल पम्प र हवाई इन्धन डिपो पनि सम्बन्धित निकायसँग छलफल गरेर ७ दिन बन्द गर्ने भएको छ।
निगमका संक्रमित कर्मचारीलाई आइसोलेसनमा राख्ने र ट्यांकर चालक तथा सहचालकहरूको ५ दिनपछि पिसिर जाँच गरिने निगमले बताएको छ।