स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् ।
आइतबार सम्पन्न इपानको भेलाले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको गरेको हो ।
बिन्दवासिनी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष आचार्य निर्माणाधीन १ सय ५५ मेगावाटको धुन्साखोला (तेह्रथुम), ४८.८ मेगावाटको खिम्ति–२ (दोलखा), २० मेगावाटको लाङटाङखोला (रसुवा) र व्यवसायिक उत्पादनमा रहेको मोदी खोला–१ (पर्वत) हाइड्रो पावरसँग सम्वद्ध छन् ।
उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी चयन भएका छन्।
महासचिवमा गोरे शेर्पा, सचिवमा भरत खत्री, बलराम खतिवडा र राम आचार्य तथा कोषाध्यक्षमा आनन्द चौधरी चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा प्रकाश दुलाल, भरत खड्का, भरत लामिछाने र उत्तम ब्लोन तथा महिला सदस्यमा अविज्ञा मल्ल र कविता कँडेल सर्वसम्मत चयन भएको इपानले जनाएको छ ।