सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप १५ दिन बन्द गरिने भएको छ।
कोभिड-१९ को विश्वव्यापी रुपमा फैलिदै गइरहेको संक्रमण र हालका दिनमा उपत्यकामा पनि फैलिरहेको कारण अटो वर्कशपहरु पनि असुरक्षित भएकोले भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको नेपाल अटोमेकानिक्स व्यवसायी संघले जनाएको छ।
सघंले १५ गतेसम्म आफ्नो वर्कसप संचालन नगर्ने र अत्यावस्यक सवारी साधनहरु मर्मत गर्नुपरेमा वर्कशपमा माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजर जस्ता एल्कोहोल–बेस्ड सोलुसनको प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र गर्न आग्रह गरेको छ।